Comments Add Comment

स्पेनिस फ्लुको महामारीबाट सिक्नुपर्ने पाठहरू

काठमाडौं । सन् १९१८ मा एक महामारीले विश्व प्रभावित बनेको थियो । स्पेनबाट सुरु भएको यो महामारीले विश्वभर आतंक फैलाएको थियो । त्यसैले भाइरसलाई स्पेनिस-फ्लु नाम दिइयो ।

यो महामारीको कारण विश्वभर पाँच करोडभन्दा बढी मानिसको मृत्यु भएको थियो । अमेरिकामा मात्र यो महामारीको कारण करिब छ लाख ७५ हजारभन्दा धेरै मानिसको मृत्यु भएको थियो ।

मानिसहरूले कल्पना गरिएकोभन्दा निकै छिटो फैलिएको यो भाइरसको कारण विश्वको जनसंख्याको एक तिहाइ मानिस प्रभावित बनेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।

अहिले कोरोना भाइरस (कोभिड-१९) को महामारी विश्वभर फैलिएको छ । अहिले वैज्ञानिकहरू यो भाइरस कसरी नियन्त्रणमा लिन सकिन्छ भन्नेबारे विचार गरिरहेका छन् । उनीहरू कसरी यो भाइरसबाट मानिसहरूलाई बचाउन सकिन्छ भन्नेबारे अनुसन्धान गरिरहेका छन् ।

यस्तो अवस्थामा स्पेनिस-फ्लुको घटनाहरू अहिलेको महामारीमा पनि केही काम लाग्न सक्ने किसिमका छन् । यसले कोरोना भाइरस नियन्त्रणको लागि पनि महत्वपूर्ण सघाउ पुग्न सक्छ ।

यहाँ स्पेनिस-फ्लुबाट सिक्न सकिने केही कुराहरू उल्लेख गरिएको छ :-

१. भौतिक दुरी कायम राख्नु

स्पेनिस-फ्लु पनि कोरोना भाइरसजस्तै सर्ने एक महामारी थियो । त्यसैले यो महामारी नियन्त्रणको लागि भौतिक दुरी कायम राख्नु आवश्यक थियो । तर, मानिसहरूले छिटै नै भौतिक दुरी कायम राख्न छाडिदिए । यसले यो महामारी पुनः बल्झियो । पहिलाको तुलनामा दोस्रोपटक बल्झिएको महामारी घातक थियो ।

त्यसैले कोरोना भाइरसको महामारीमा पनि छिट्टै नै भौतिक दुरी कायम राख्ने बानी हटाउनु हुँदैन । जापान र सिंगापुरजस्ता मुलुकमा भौतिक दुरीको नियम हटाइएसँगै संक्रमितको संख्या बढेको थियो । यसले पनि यसले पनि यो कुरालाई पुष्टि गर्छ ।

२. युवा र स्वस्थ मानिस पनि प्रभावित बन्न सक्छन्

युवा तथा पूर्णरुपमा स्वस्थ मानिसमा बलियो रोग प्रतिरोधी क्षमता हुन्छ । यस्तोमा कहिलेकाहीँ उक्त प्रतिरोधी क्षमताले नै मानिसविरुद्धमा काम गर्न सक्छ । स्पेनिस फ्लुको महामारीमा पनि सबै किसिमका मानिसहरू प्रभावित बनेका थिए । जसमध्ये सबैभन्दा धेरै प्रभावित हुनेमा १८ देखि ५० वर्षका मानिसहरू थिए । त्यतिबेला पहिलो विश्वयुद्ध चलिरहेको थियो । त्यसैले उनीहरू एकअर्कासँग नजिक थिए। त्यसैले यो महामारी उनीहरूमा धेरै फैलिएको थियो । त्यसैले पनि १८ देखि ५० वर्षका मानिसको मृत्युदर धेरै थियो ।

त्यतिमात्र होइन, यो भाइरससँग युवा तथा स्वस्थ मानिसको प्रतिरोधी क्षमताले गर्ने आवश्यकताभन्दा बढी प्रतिक्रियाले पनि धेरै युवालाई यो रोगले समस्यामा पारेको थियो । सीएनएनको चिकित्सा संवाददता सञ्जय गुप्ताकाअनुसार केही युवा र स्वस्थ मानिसमा निकै छिटो प्रतिक्रिया जनाउने रोग प्रतिरोधी प्रणाली हुन्छ । त्यसैले यो महामारीको कारण उनीहरूको फोक्सो तथा अन्य अंगमा पनि असर पर्न सक्छ ।

३. प्रमाणित औषधि मात्र सेवन गर्नु

स्पेनिस-फ्लु र कोरोना भाइरस दुवै महामारीको एउटै समस्या खोप र उपचार पद्धतिको अभाव हो । त्यतिबेलामा यो महामारीको उपचारको लागि भन्दै तेल र जुडीबुटीहरूको प्रयोग गरिन्थ्यो । तर, त्यस किसिमको उपचार वैज्ञानिक थिएनन् । साथै, यी उपचार उक्त महामारीविरुद्ध लड्न प्रभावकारी भएको कुनै प्रमाण पनि पाइएको छैन ।

अहिले विश्वभर कोरोना भाइरसको महामारीविरुद्ध लड्न औलोको लागि उपचारमा प्रयोग हुने हाइड्रोक्लोरोक्विन लगायतका धेरै ओषधि प्रभावकारी हुन सक्ने हल्लाहरू फैलिएका छन् । तर, अहिलेसम्म यी औषधिहरू कोरोना भाइरसको उपचारका लागि प्रभावकारी हुन्छ भन्ने कुनै प्रमाण भेटिएको छैन । तर, प्रमाणित नभएका औषधिको प्रयोगले ‘साइड इफेक्ट’को पनि जोखिम उत्तिकै हुन्छ ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment