+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नजिक

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १२ गते ११:४८

१२ वैशाख, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ५० हजारको नजिक पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अप्रिल महिनामा मात्र अमेरिकामा औसतमा दैनिक दुई हजार मानिसको मृत्यु भएको देखिएको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म ४९ हजार नौ सय ५४ पुगेको छ । तर, वर्ल्डओमिटरको तथ्यांकमा भने अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ५० हजार दुई सय ४३ पुगेको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको कूल संख्या आठ लाख ६९ हजार एक सय ७१ पुगिसकेको छ ।

यसैबीच, अमेरिकामा पछिल्लो पाँच सातामा बेरोजगारी सुविधाको लागि आवेदन दिनेको संख्या पनि दुई करोड ६५ लाख नाघेको छ । कोरोना भाइरस नियन्त्रणको लागि अमेरिकाभर लगाइएको लकडाउनको असर बेरोजगारीको संख्यामा देखिएको हो। अमेरिकामा बढ्दो बेरोजगारीको कारण अर्थतन्त्रमा पनि ठूलो असर पर्न सक्ने अर्थशास्त्रीहरूले चेतावनी दिँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?