
बलिउड अभिनेता वरुण धवन ३३ वर्षमा प्रवेश गरेका छन् । अप्रिल २४ अर्थात् आज शुक्रबारबाट उनी ३३ वर्षमा लागेका हुन् ।
लकडाउनका कारण घरभित्रै थुनिएका वरुणले बाहिर साथीहरू आफ्नो जन्मदिन मनाएका छन् । आफ्नो परिवारसँग बसेर उनले केक काटेका हुन् । उनले काटेको केक पनि घरमा नै बनाइएको हो ।
वरुणले आफ्नो जन्मदिनमा काटेको केकको तस्वीर सामाजिक सञ्जालमा सेयर पनि गरेका छन् ।
लकडाउनका कारण अन्य साथीहरूसँग भेटेर जन्मदिन मनाउन नपाएको भन्दै वरुणले दु:ख व्यक्त गरेका छन् । अवस्था सामान्य भएपछि साथीहरूसँग पुन: सेलिब्रेट गर्ने उनको लक्ष्य रहेको छ ।
वरुणलाई बलिउडका धेरै सेलिब्रेटीहरूले जन्मदिनको शुभकामना दिइरहेका छन् ।
चलचित्र ‘स्टुडेन्ट अफ दि इअर’बाट बलिउडमा डेब्यु गरेका वरुणले धेरै सफल चलचित्रमा काम गरिसकेका छन् । यसवर्ष उनको ‘स्ट्रिड डान्सर थ्रिडी’ रिलिज भएको थियो भने ‘कुल्ली नम्बर १’ रिलिजको तयारी छ । वरुण केही अन्य चलचित्रमा पनि आबद्ध छन् ।
प्रतिक्रिया 4