+
+
Shares

तातोपानी नाकाबाट स्वास्थ्य सामग्री आयात निरन्तर

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १२ गते १३:२९

१२ वैशाख, काठमाडौं । तातोपानी नाका सञ्चालनमा आएपछिको आधा महिनामा हजारौं थान स्वास्थ्य सामग्री नेपाल भित्रिएका छन्। नाका सञ्चालनको १६ दिनमा कोभिड १९ विरुद्ध लड्न प्रयोग हुने ११ प्रकारका हजारौं थान स्वास्थ्य सामग्री नेपाल भित्रिएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए।

यस अवधिमा एन ९५ पीसीआर मेसिन दुई थान, टेस्टिङ किट २० हजार थान तथा मास्क ७२ हजार पाँच सय थान भित्रिएको भन्सार कार्यालयले जनाएको छ। यस्तै, डिस्पोजेबल मास्क १२ हजार थान, २६ हजार सात सय ३२ लिटर स्यानिटाइजर, तीन हजार नौ सय थान सर्जिकल पञ्जा, २१ हजार दुईसय साठ्ठी थान पीपीई पनि नेपाल भित्रिएको छ।

एक हजार थाप प्रोटेक्टिभ चस्मा, २० हजार आठ सय थान डिस्पोजेबल शु-कभर,फेससेइल्ड पाँच हजार आठ सय थान र मेडिकल वेड म्याट्रिक्स चार सय ३० थान पनि आयात भएको भन्सार कार्यालयले जनाएको छ।

यो अवधिमा आयात भएका स्वास्थ्य सामग्री धेरैजसो सरकारलाई अनुदान बापत प्राप्त सहयोग र केही निजी क्षेत्रले खरिद गरेको भन्सार कार्यालयले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?