Comments Add Comment

किन अवश्यक छ गहिरो निद्रा

स्वस्थ रहनका लागि पोषणयुक्त र सन्तुलित भोजन आवश्यक हुन्छ । पर्याप्त पानी वा तरल पदार्थ आवश्यक हुन्छ । उचित एवं नियमित व्यायाम आवश्यक हुन्छ । तर, यतिमात्र काफी छैन । स्वस्थ र तन्दुरुस्तीका लागि निद्रा पनि आवश्यक छ । गहिरो एवं पर्याप्त निद्रा ।

वयस्क व्यक्तिका लागि हरेक रात कम्तीका ७ घण्टाको निद्रा चाहिन्छ । निद्राले शरीरलाई दिनभरको कामबाट विश्राम दिलाउने मात्र होइन, स्वस्थ र ताजा पनि राख्छ । जबकी अनिद्राले तनाव, बेचैनी मात्र होइन उच्च रक्तचापदेखि मधुमेह जस्ता दीर्घ रोगसमेत निम्त्याउँछ ।

निद्राको स्वरुप एकै हुँदैन । स्वस्थ्य जीवनका लागि गहिरो र पर्याप्त निद्रा आवश्यक हुन्छ । पर्याप्त निद्रा भनेको ७ वा ८ घण्टाको निद्रा हो । तर, यसमा अवधीले मात्र हुँदैन, निद्राको स्तरले पनि अर्थ राख्छ । अर्थात निद्रा गहिरो हुनुपर्छ ।

निद्रा पर्याप्त मात्रामा लिन सकिएन भने त्यो रोगको जड बन्छ । उच्च रक्तचापदेखि अपचसम्मका थुप्रै रोग अनिद्राले जन्माउँछ । यसैगरी शरीरमा निद्राको कमी भएमा उच्च रक्तचाप, मुटुको चालमा गडबडी, मुटु सम्बन्धि समस्या, डिप्रेशनसम्बन्धि समस्या लगायतका विभिन्न समस्या निम्तिने गर्छ ।

तर आजकलको व्यस्त जीवनशैली तथा तनावका कारण प्रत्येक तीन जनामध्य एक जना मानिस निद्राको समस्याबाट ग्रस्त छ ।

निद्राको कमी हुनुमा तनाव पनि प्रमुख कारण मानिन्छ । यद्यपी, जुन सुकै उमेरका मानिसलाई पनि यो समस्या छ भने चाही यसको पछि अन्य कयौं कारण हुन सक्छ ।

के भन्छ रिसर्च ?

व्यस्त जिवनशैलीका बाबजुद मानिसहरुले आफ्नो खानपान तथा एक्सरसाइजमा विशेष ध्यान दिन्छन् ।  जबकी निद्रामा भने कटौती गर्छन् । तन र मनलाई स्वस्थ राख्नका लागि पनि पौष्टिक आहारको साथमा पर्याप्त निद्रा जरुरी छ । किनकी निद्राको कमी भएमा उच्च रक्तचाप, मधुमेह जस्ता गम्भीर समस्या निम्तिने गर्छ ।

अमेरिकास्थित ड्यूक विश्वविद्यालयका शोधकर्ताहरुले गरेको एक अध्ययन अनुसार नियमित सात घण्टा नसुत्ने व्यक्तिमा उच्च रक्तचाप तथा रगतमा चिनीको मात्रा बढ्ने गर्छ । यसबाट बच्नका लागि पनि दैनिक आठ घण्टा सुत्न जरुरी छ ।

के भन्छन्, डाक्टर ?

चिकित्सकहरुका अनुसार निद्राको क्रममा उच्च रक्तचाप तथा सुगरलाई नियन्त्रित गर्ने हर्मोनको स्राव हुने गर्छ । जबकी निद्राको कमी भएमा यस्ता हर्मोनको सन्तुलन विग्रिएर उच्च रक्तचाप तथा मधुमेह जस्ता समस्या निम्तिने गर्छ ।

मिठो पदार्थ कम खाने ?

आजकल धेरै मानिसलाई मधुमेहको समस्या छ । मधुमेह अहिलेको गम्भीर स्वास्थ्य समस्या हो, जसले विश्वलाई नै प्रभावित पारेको छ ।

क्यानाडास्थित सेन्ट माइकल हस्पिटल र टोरन्टो विश्वविद्यालयका शोधकर्ताले हालसम्म गरेको एक सय ५५ अध्ययनको विश्लेषण गरी यो निर्णयमा पुगे की फलफूल तथा साजसब्जीमा रहेको प्राकृतिक चिनी शरीरमा पुग्नासाथ शक्तिमा परिणत हुन्छ । त्यसैले, यस्ता फलफूल तथा सागसब्जीको सेवनले मधुमेहको जोखिम बढ्दैन । तर बजारमा विक्रीवितरण हुने जुस, दूध लगायतका चिसो पेय पदार्थमा रहेको कृत्रिम गुलियोपनाले टाइप–२ मधुमेहको कारण बन्न सक्छ । त्यसैले, यस्ता समस्याबाट बच्न पनि गुलियो पेय पदार्थबाट दुरी कायम राख्न जरुरी छ । बरु ताजा फलफूलको सेवन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment