Comments Add Comment

सनराइज बैङ्कले धौलागिरी र पर्वत अस्पतालमा पीपीई हस्तान्तरण

१४ वैशाख, काठमाडौं । सनराइज बैङ्कले यसैअन्तर्गत बैङ्कले पर्वत अस्पताल र धौलागिरी अस्पतालमा व्यक्तिगत सुरक्षात्मक उपकरण २५ थान हस्तान्तरण गरेको छ ।

उक्त सामाग्री धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. शैलेन्द्र बिक र पर्वतमा पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडी र मेडिकल सुपरिटेन्डेन डा. शिशिर देवकोटालाई हस्तान्तरण गरिएको हो ।

हाल संसारभर कोरोना भाइरस (कोभिड-१९) महामारी फैलिएर त्यसको जोखिम बढेको हुँदा देशभरका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि सनराइज बैङ्कले सामाजिक उत्तरदायित्वअन्तर्गत व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) हस्तान्तरण गर्दै आएको छ ।

हालसम्म सनराइज बैङ्कले देशभरका विभिन्न अस्पतालमा ५५० वटाभन्दा बढी व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई उपलब्ध गराइसकेको छ र अन्य ठाउँहरूमा समेत उपलब्ध गराउँदै जाने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment