Comments Add Comment

मिलिजुली भान्साको काम

भान्साको काममा परिवारका सबैले मिलिजुली किन नगर्ने ? श्रीमानले सागसब्जी पकाइरहँदा श्रीमतीले अचार बनाउन सक्छिन् । यसमा छोराछोरी पनि सहभागी हुन सक्छन् । सबैले मिलिजुली काम गर्दा भान्साको माहोल रमाइलो हुन्छ । साथसाथै खानामा पनि विविधता हुन्छ।

सधै एकैथरि हातले पकाएको खानेकुरा स्वादिलो नहुन सक्छ वा एकैथरी स्वाद हामीलाई मन नपर्न सक्छ । जब परिवारका सबै सदस्यले आ-आफ्नै ढंगले परिकार बनाइन्छ । यसले स्वादमा समेत विविधता आउँछ । खाना पस्कने क्रममा होस् वा खाना खाइरहँदा एक कसिमको रोमाञ्चकता पनि हुन्छ ।

भान्साको काम रमाइलो पनि

विभिन्न अध्ययनले के देखाएको छ भने भान्साको कामले कतिपय मानसिक तनाव पनि कम गर्छ । जब तपाईं कुनै मीठो खानेकुरा बनाउने सोच्नुहुन्छ । थरिथरिका सागसब्जी तयार गर्नुहुन्छ । नयाँ/नयाँ परिकार बनाउने अभ्यास गर्नुहुन्छ । तपाईंको ध्यान ती परिकारमा केन्द्रित हुन्छ । अन्यत्र ध्यान जाँदैन ।

खानेकुरा आफूले भनेजस्तै स्वादको बन्छ ? आफूले ट्राइ गरेको परिकार खाएर अरूले के भन्छन् ? उनीहरू नयाँ स्वादमा रमाउनेछन् ? यस्ता कौतुहलताले खुसी पनि दिन्छ ।

भान्साको काममा सबै सहभागी हुने। थरिथरिका परिकार बनाउने । कसरी परिकार स्वस्थ्य हुन्छ ? कसरी मीठो हुन्छ ? कसरी स्वादमा विविधता ल्याउन सकिन्छ ? यस्ता कुरामा रमाइलो होडबाजी गर्न सकिन्छ ।

पाककला

खाना पकाउनु आफैँमा एक सिप हो । कला हो । यसलाई परम्परागत भाषामा ‘पाककला’ भनिन्छ । अर्थात् कुलिनरी आर्ट ।

कुन खानेकुरा कसरी पकाउने ? कसरी पकाउँदा मीठो हुन्छ ? कसरी पकाउँदा छिटो हुन्छ ? कसरी पकाउँदा स्वस्थ्यकर हुन्छ ? यी ज्ञान खाना पकाउनेसँग हुन्छ ।

साथै, कुनैपनि खानालाई फरक स्वादमा बनाउन सकिन्छ । थरिथरिको परिकारबाट एकैथरि स्वाद निकाल्न सकिन्छ । खाना पकाउनु आफैँमा कला हो । भान्साको काम बोझ होइन, एक कला हो । सिप हो । सिपालु हातले नै मीठो र स्वस्थ्यकर खाना बनाउन सक्छन् ।

भान्सा पारिवारिक स्वास्थ्यको स्रोत

भान्सा भनेको हाम्रो खानाको स्रोत हो । खाना भनेको प्राण हो । खाना नै ती सम्पूर्ण स्रोत हुन्, जसले हामीलाई पोषण दिन्छ ।

त्यसो हो भने हामीले स्वास्थ्य एवं तन्दुरुस्त जीवनका लागि भान्सालाई महत्व दिनुपर्छ । यदि भान्सामा राम्रो खानेकुरा भएन, पकाउने शैली राम्रो भएन, फोहोर भयो भने त्यसले परिवारलाई रोगी बनाउँछ । यी कुरा सबैले बुझेका छन् ।

तर, नबुझेका कुरा के भने, भान्साको काम गृहणीले मात्र गर्नुपर्छ । अर्थात् छोरी–बुहारीले मात्र भात–भान्साको काम गर्नुपर्छ । मानौं, भान्साको काम छोरी-बुहारीको पेवा हो ।

यो पुरातन मान्यता हो । घर-परिवारमा कामको बाँडफाँट सन्तुलित र न्यायोचित ढंगले हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment