Comments Add Comment

मोबाइल लुटपाट गरेको अभियोगमा दुई युवक पक्राउ

१७ वैशाख, काठमाडौं । मोबाइल लुटपाट गरेको अभियोगमा बुढानीलकण्ठ नगरपालिका-३ देउवा चोक घर भएका १९ वर्षीय अनिश सुनारसहित २ जना मंगलबार दिउँसो पक्राउ परेका छन्  ।

उनीहरुले बुढानीलकण्ठ नगरपालिका- ६ बस्ने एक व्यक्तिको मोबाइल लुटी फरार भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठको टोलीले बुढानीलकण्ठ नगरपालिका-४ पञ्चकन्या मन्दिरमा लुकिछिपी बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट लुटेको उक्त मोबाइल १ थान, नियन्त्रित लागूऔषध स्पास्मो १२ चक्की, प्रगस्थर १२ ट्याब्लेट, अवैध लागूऔषध चरेस करिब १० ग्राम र नगद ३ हजार रुपैयाँसमेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment