+
+

आगामी बजेटको आयामबारे शनिबार ‘भर्चुअल’ सम्मेलन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १९ गते १२:४९

२८ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीबाट नेपाली अर्थतन्त्रसमेत प्रभावित हुने विषयलाई मध्यनजर गर्दै राजधानीमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटका प्राथमिकताबारे ‘भर्चुअल’ सम्मेलन आयोजना गरिएको छ ।

दिवंगत भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले पूर्वअर्थमन्त्री अधिकारीको ८५औं जन्मोत्सवको अवसर पारेर भोलि (शनिबार) ‘आर्थिक वर्ष २०७७/०७८ को बजेटको कार्यदिशा’ नामक भर्चुअल अन्तर्क्रिया आयोजना गरेको हो ।

प्रतिष्ठानका सल्लाहकार केशव आचार्यले राजश्व, भन्सार, चालु र पुँजीगत खर्च, सामाजिक सुरक्षालगायत बजेटका सबै पाटाबारे विज्ञहरूबीच अन्तर्क्रिया गर्न लागिएको जानकारी दिए । अन्तर्क्रियाबाट आउने सुझावलाई बजेट निर्माणमा सम्बोधन गर्नका लागि बुँदागत रुपमा अर्थमन्त्री डा. युवराज खतिवडासमक्ष बुझाइने पनि आचार्यले बताए ।

‘भरतमोहन अधिकारीले अर्थमन्त्रीमा रुपमा नेपालको अर्थतन्त्रमा ऐतिहासिक योगदान दिनुभएको छ’, आचार्यले भने, ‘आगामी वर्षको बजेटको तयारी र उहाँको जन्मोत्सवको पूर्वसन्ध्यामा उहाँको योगदानलाई सम्झने र भावी बजेटको प्रारुपबारे छलफल गरेर अर्थमन्त्रीलाई सुझाव दिने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो ।’

कार्यक्रममा पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी, राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष डा. स्वर्णीम वाग्ले, पूर्वसांसद एवं योजना आयोगका पूर्वसदस्य डा. डिल्लीराज खनाल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक लालबाबु यादव, अर्थविद डा. गोविन्दबहादुर थापा, डा. विश्व पौडेल, लालबाबु यादव, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँल र नेकपा केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्री सहभागी हुनेछन् ।

पूर्वअर्थमन्त्री अधिकारीले २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको अल्पमत सरकारमा अर्थमन्त्री हुँदा ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रममार्फत स्थानीय तहमा बजेट पठाउने कामको सुरुआत गरेका थिए । यस्तै, ज्येष्ठ नागरिक र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिने लोकप्रिय कार्यक्रम पनि अधिकारीले नै ल्याएका थिए ।

१९९३ साल वैशाख २२ मा महोत्तरीको भ्रमणपुरामा जन्मिएका अधिकारीको २०७५ फागुन १८ गते ८२ वर्षको उमेरमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?