+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

महाकालीपारि अलपत्र २६ सय नेपालीको उद्धार

कैलाली र कञ्चनपुर नाकाबाट अझै उद्धार हुन सकेन

भानुभक्त आचार्य भानुभक्त आचार्य
२०७७ वैशाख १९ गते १३:१०

१८ वैशाख, कैलाली । महाकालीपारि अलपत्र परेका २६ सय नेपालीको उद्धार गरिएको छ । बिहीबार रातिसम्म बैतडी र दार्चुलाको सीमापारि अलपत्रपरेका २५ सय ९५ जनाको उद्धार गरिएको हो ।

एकैदिन दार्चुलापारि धार्चुलाबाट १ हजार २९६ जनाको र बैतडीपारि पिथौरागडबाट १ हजार २९९ नेपालीहरुको उद्धार गरिएको हो ।

दार्चुलाका दुई नाकाबाट उनीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताए । दार्चुलाको दत्तु नाकाबाट ९२० जना र पुलघाट नाकाबाट ३७६ जनाको उद्धार गरिएको उनले बताए ।

उद्धार गरिएका अधिकांस नागरिक सुदूरपश्चिम प्रदेशका रहेका छन् । त्योसँगै कर्णाली प्रदेशका पनि केही नागरिक रहेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय र महाकाली नगरपालिको सम्बन्धित जिल्लामा समन्वय गरेर उनीहरुलाई घर पठाइएको उनले जानकारी दिए ।

‘उहाँहरुको ज्वरो परीक्षण गरेर जिल्ला पठाएका छौँ । थप परीक्षण त्यहीँ हुन्छ,’ उनले भने, ‘जिल्ला पुगेकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्देशन आएको छ ।’

भारतको क्वारेन्टाइनमा बसेर आएका नागरिकलाई १४ दिन र त्यहाँ नबसेकाहरुलाई २१ दिन क्वारेन्टाइनमा राख्ने निर्देशनसहित जिल्ला पठाइएको उनले जानकारी दिए ।

बैतडीपारि उद्धार गरिएका नागरिकहरुलाई पनि बिहीबार रातिनै घर पठाइएको छ ।

भरतको पिथौरागडबाट उद्धार गरिएका नागरिक सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका रहेको बैतडीका प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए ।

कैलाली र कञ्चनपुर नाकाबाट अझै उद्धार हुन सकेन

बिहीबार बैतडी र दार्चुला नाकाबाट २६ सय नागरिकको उद्धार गरिए पनि कैलाली र कञ्चनपुर नाकाबाट भने नेपाली नागरिकको अझै उद्धार हुन सकेको छैन ।

एक महिन अघिदेखि कैलालीको गौरिफन्टा नाकापारि १२० जना नेपाली अलपत्र छन् । भारतको पलियामा अलपत्र परेका नागरिकहरुको उद्धारका बिषयमा अझै निर्देशन नआएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए ।

उता कञ्चनपुर पारि चम्पावतमा पनि २ सय जना भन्दा बढी नेपाली अलपत्र छन् । एक महिनादेखी अलपत्र ती नेपालीहरुको पनि उद्धार हुन सकेको छैन । उपल्लो निकायबाट निर्देशन नआएको हुँदा उद्धार हुन नसकेको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रबिन्द्र पौडेलले बताए ।

‘उनीहरुको तथ्यांक संकलन गरेका छौँ । तर उद्धार हुन सकको छैन,’ उनले भने, ‘माथिबाट निर्देशन आएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?