Comments Add Comment

चीनसँगको विवादका बीच डब्ल्यूएचओबारे ताइवानलाई अस्ट्रेलियाको समर्थन

१९ वैशाख, काठमाडौं । अस्ट्रेलियाले ताइवानलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मा सामेल गर्ने प्रयासमा आफ्नो समर्थन रहेको दोहोर्‍याएको छ । अस्ट्रेलियाका स्थानीय सञ्चारमाध्यमहरुले सरकारले ताइवानलाई समर्थनको वचन दोहोर्‍याएको बताएका हुन् । ताइवान डब्ल्यूएचओमा पर्यवेक्षकको दर्जा हासिल गर्न चाहन्छ । अस्ट्रेलियाले पनि लामो समयदेखि ताइवानलाई डब्ल्यूएचओमा सामेल गराउनुपर्ने बताउँदै आएको छ । यसै साता ताइवानका स्वास्थ्यमन्त्रीले अस्ट्रेलियासँग पुनः यसबारे स्पष्ट पार्न आग्रह गरेका थिए ।

ताइवानलाई समर्थनको विषयलाई लिएर चीन र अस्ट्रेलियाको बीचमा यो साता विवाद पनि चर्किएको छ । चीन डब्ल्यूएचओमा ताइवानलाई सामेल नगराउने पक्षमा छ । चीन ताइवानलाई आफ्नो एक प्रान्त मान्दै आएको छ । यसअघि चीनले संयुक्त राष्ट्रसंघमा आफ्नो सदस्यताको लागि गरेको प्रयास पनि चीनले अस्वीकार गरेको थियो ।

अहिले अस्ट्रेलियाले कोरोना भाइरसको सुरुवात कसरी भयो भन्ने विषयमा विश्वव्यापीरुपमा जाँच गर्नुपर्ने माग गर्दै आएको छ । यससँगै चीनले अस्ट्रेलियालाई द्विपक्षीय व्यापारिक सम्बन्धमा असर पर्न सक्ने भन्दै चेतावनी दिइसकेको छ । तर, अस्ट्रेलिया भने आफ्नो मागप्रति अडिग देखिएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment