+
+
Shares

नेपाल कोरोना भाइरसको उच्च जोखिममा छैन : स्वास्थ्यमन्त्री ढकाल

'कोरोनाको जोखिम रोक्न सफल भएका छौं'

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १९ गते १६:००

१९ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपाल कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिममा नरहेको बताएका छन् ।

उनले नेपालमा उपयुक्त समयमा लकडाउनको विधि अपनाइएको र सर्वसाधारणले सामाजिक दुरी कायम राखेर सहयोग गरेकाले कोरोनाको जोखिम रोक्न सकेको बताए ।

‘लकडाउनको अवस्थामा कष्टपूर्ण भए पनि सबैले साथ दिनुभएकोले हाम्रो मुलुकमा जोखिमलाई न्यूनीकरण गर्नमा एक हदसम्म सफलता हात पारेका छौँ’ शुक्रबार राष्ट्रियससभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा मन्त्री ढकालले भने, ‘तर, सफलताका बारेमा सबैका आ-आफ्ना बुझाइ हुनसक्छन् ।’

मन्त्री ढकालले नेपालमा अपनाइएको सावधानीका कारण उच्च जोखिममा नरहेको पनि जिकिर गरे ।

‘दक्षिण पूर्वी एसियाको हिसाबले हेर्ने हो भने कोरोनाका कारण मृत्यु नभएका १० मुलुकमध्ये नेपाल पनि एक हो । दक्षिण एसियाको कुरा गर्ने हो भने भुटान र माल्दिभ्सपछि तेस्रो स्थानमा उपस्थित छौँँ’ उनले भने, ‘यसले जसरी विश्वमा महामारीको अवस्था ल्याएको छ त्यसमा गरिएका सावधानीले हामी उच्च जोखिममा छैनौँ ।’

सुरुमा विश्व स्वास्थ्य संगठनले उच्च जोखिममा राखेको तर पछि सरकार र सबै सरोकारवालाले चालेको कदमले त्यो सूचीबाट हटेको मन्त्री ढकालले बताए । ‘त्यसको अर्थ हामीले हिजोको भन्दा प्रगति गरेका छौैँ’ उनले भने ।

कोरोना रोकथामका लागि स्वास्थ्य सेवा प्रणालीमा सरकारले धेरै प्रगति गरेको मन्त्री ढकालले बताए ।

‘पहिलो केस कोरोना हो कि होइन भन्ने यकिन गर्न स्वाब हङकङ पठाइएको थियो । आज नेपालभित्रै १६ ठाउँमा परीक्षण गरेर यो हो कि होइन भन्ने टुंगो लगाउने अवस्थाको सफलता प्राप्त गरेका छौँ । अहिले हामी १६ ठाउँमा चेक गर्छौँ’ उनले भने ।

लकडाउन खुकुलो बनाउने संकेत

स्वास्थ्यमन्त्री ढकालले लकडाउन खुकुलो बनाउने विषयमा सरकारले विचार गरिरहेको बताए । कृषि, उद्योगलगायतका क्षेत्रलाई मध्यनजर गरेर लकडाउन केही खुकुलो बनाउन विषयमा छलफल भइरहेको उनको भनाइ ।

तर, काठमाडौंमा कोरोनाको संक्रमित नभेटिएको भने ढुक्क हुन नहुने उनको भनाइ छ ।

‘बन्दाबन्दीबारे नयाँ ढंगले जानुपर्छ । सहजीकरण गर्दै जानुपर्छ । कृषि, उद्योगधन्दा, अरू विभिन्न खालका विषयमा अतिरिक्त महत्वपूर्ण कुराहरूका विषयमा विचार पुर्‍याउनुपर्छ’ मन्त्री ढकालले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?