+
+
Shares

सखुवाप्रसौनीमा क्वारेन्टाइनमा बसेका ५ जना घर फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २० गते १८:३०

२० वैशाख, वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ५ जनालाई शनिबार घर पठाइएको छ ।

भारतको विभिन्न ठाउँबाट रोजगारी गरी फर्किएका पाँचै जनाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारले जानकारी दिए।

श्री दीपनारायण माध्यमिक विद्यालयमा गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा उनीहरू दुई हप्ता बसेको वडा नम्बर ४ का अध्यक्ष जुमादीन मियाँले बताए । घर फर्किनेमा ४ जना पुरुष र एक महिला रहेको उनले बताए ।

अध्यक्ष मियाँका अनुसार उनीहरूलाई एक हप्तासम्म होम क्वारेन्टाइनमा बस्ने गरी आफन्तको जिम्मा लगाई घर पठाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?