+
+

वागमती प्रदेशसभा पनि सञ्चालनको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २१ गते २०:०६

२१ वैशाख, हेटौंडा । वजेट ल्याउने दिन नजिकिँदै जाँदा वागमती प्रदेशसभा पनि सञ्चालनको तयारी सुरु भएको छ । भौतिक दूरी कायम गरेर बैठक सञ्चालन गर्न प्रदेशसभाले तयारीसमेत गरेको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गरी प्रदेश सभा सदस्यहरुलाई बस्ने व्यवस्था गरिने सभामुख सानुकुमार श्रेष्ठले जानकारी गराएका छन् । उनले जेठको पहिलो हप्तासम्म भौतिक दुरी कायम गर्दै प्रदेश सभा बोलाउने तयारी भइरहेको जानकारी दिए ।

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आइतबार प्रदेश सभा भवनको निरीक्षण गरेका छन्  ।  आइतबार प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका १० मा रहेको प्रदेश सभा भवनमा सभा सञ्चालनको तयारीका लागि भवनको अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा मुख्यमन्त्री पौडेल र सभामुख सानुकुमार श्रेष्ठबीच भौतिक दुरी कायम गरेर बैठक सञ्चालन गर्ने बिषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?