+
+
Shares

सीमा पार गर्न खोज्दा ११ भारतीय नागरिक नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २२ गते १२:४३

२२ वैशाख, जनकपुरधाम । नेपालबाट भारततर्फ जान लागेका ११ जना भारतीयलाई महोत्तरीको सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

लकडाउनको समयमा नेपालबाट भारततर्फ जान लागेका उनीहरूलाई महोत्तरीको मनरा सिस्वा नगरपालिका ९ बथनाहास्थित सिमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । एकाबिहानै सीमा पार गर्न लागेका उनीहरूलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले जानकारी दिए ।

उनीहरूलाई नियन्त्रणमा लिएर काम गरिरहेकै ठाउँमा छाडिएको अधिकारीले बताए ।

नियन्त्रणमा लिइएका सबै भारतको पश्चिम बंगालका हुन् । महोत्तरीको एकडारा गाउँपालिका ५ स्थित कोल्हुवा बगेयामा भाँडाकुँडा र ड्रम बनाउने काम गर्दै आएका उनीहरूले खानपिनमा समस्या भएपछि आफ्नो गाउँ फर्किन लागेको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?