+
+

पाल्पामा जंगली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २४ गते २०:०४

२४ वैसाख, बुटवल । पालपाको दोभानमा जंगलबाट ल्याएको विषालु च्याउ खाँदा एकै परिवारका सात जना बिरामी परेका छन् । तीनाउ गाउँपालिका वडा नम्बर ३ दोभान फूलबारीका अमरदीप सुनारसहित ७ जना बिरामी भएका हुन् ।

बिरामी हुनेमा अमरदीपकी ३१ वर्षीया श्रीमती माया सुनार, ६० वर्षीया आमा कृष्णा सुनारसहित ३४ वर्षीया निलमाया सुनार, २० वर्षीय दिलिप सुनार, १२ वर्षीया रेखा सुनार र १२ वर्षकै थमन सुनार रहेका छन् ।

उनीहरुको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ ।

चार दिनअघि अर्घाखाँचीको भूमिकास्थान नगरपालिका खिल्जीमा जंगलबाट ल्याएको च्याउ खाँदा एकै परिवारका आमा छोरीको मृत्यु भएको थियो भने रुपन्देहीमा पनि च्याउ खाँदा ७ जना बिरामी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?