+
+

एक-दुई दिनभित्र स्थायी कमिटी बैठक बोलाउँछौं : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २५ गते २२:४९

२५ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक–दुई दिनभित्र पार्टीको स्थायी कमिटी बैठक बोलाइने बताएका छन् ।

बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि पुगेका अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग गृहकार्य नपुगेकाले बिहीबार निर्धारित बैठक बस्न नसकेको बताए ।  ‘अलि गृहकार्य नपुगेकै हो मुख्य रुपमा । त्यसकारण दुई अध्यक्षले एक दुई दिन भित्र बोलाउँछौं’ अध्यक्ष प्रचण्डले भने ।

आज बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी तय भएको नेकपा स्थायी कमिटीको बैठक बिहीबार साँझ स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?