+
+

लकडाउनमा पनि सेनाको कलेजद्वारा विद्यार्थीलाई शुल्क तिर्न अल्टिमेटम

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २५ गते २०:१७

२५ बैशाख, काठमाडौं । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले लकडाउनका बेला विद्यार्थीलाई शुल्क तिर्न एक हप्ते अल्टिमेटम दिएको छ ।

संस्थानले बुधबार एमबीबीएस अध्ययन सम्पूर्ण विद्यार्थीलाई पूर्व निर्धारित किस्ता रकम वैशाख मसान्तभित्र तिर्नुपर्ने भनेको छ ।

सहायक रथी तथा चिकित्सा शास्त्र महाविद्यालयका प्राचार्य डा. अरुण शर्माद्वारा हस्ताक्षरित पत्रमा एउटा निजी बैंकमा रहेको खातामा रकम जम्मा गरेर भौचर इमेल गर्न भनिएको छ ।

यो सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित कलेज हो ।

विद्यार्थीहरूले भने ५ जेठसम्म लकडाउन कायम रहेका बेला कलेजले किस्ता तिर्न ताकेता गरेको भन्दै विरोध जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?