Comments Add Comment

तीन दिनभित्र ४ हजार पीसीआर परीक्षण गरिने

२६ वैशाख, काठमाडौं । सरकारले २८ वैशाखभित्र चार प्रदेशका १२ जिल्लामा ४ हजार ३७० जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने लक्ष्य लिएको छ।

कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले वैशाख २६, २७ र २८ गते ४ हजार ३७० जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह—प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार प्रदेश १ को उदयपुरमा पाँच सय,  प्रदेश २ को बारामा दुई सय, पर्सामा पाँच सय जनाको स्वाब संकलन गरेर परीक्षण गरिनेछ ।

त्यस्तै गण्डकी प्रदेशमा नवलपरासी पूर्वबाट ४० जनाको स्वाब संकलन गरेर परीक्षण गरिनेछ ।

प्रदेश ५ मा नवलपरासी पश्चिम १५०, अर्घाखाँचीमा १८०, रुपन्देहीमा तीन सय,  गुल्मीमा दुई सय, कपिलवस्तुमा ५ सय, प्युठानमा दुई सय,  बाँकेमा एक हजार र बर्दियामा पाँच सय जनाको स्वाव संकलन गर्ने गरेर परीक्षण गर्ने तयारी छ ।

स्वीटजरल्यान्ड सरकारको सहयोगमा नेपालमा बिहीबारमात्र ३० हजार पीसीआर परीक्षण किट प्राप्त भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको दैनिक अपडेटमा अब पीसीआर परीक्षण बढ्ने बताए ।

सरकारले भारतबाट आई क्वारेन्टाइनमा बसेका, उच्च जोखिम क्षेत्रमा रहेका व्यक्ति र संक्रमितको कन्ट्याक ट्रेसिङबाट पहिचान भएका व्यक्तिहरुलाई प्राथमिकता दिएर कोरोना परीक्षण गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment