+
+

संसदमा आजबाट प्रि-बजेट छलफल सुरु हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २८ गते ८:२९

२८ वैशाख, काठमाडौं । संसदमा आजबाट विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल सुरु हुँदैछ ।

११ बजे बस्ने प्रतिनिधिसभाको बैठक र १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्नेछन् ।

यस विषयमाथि तीन दिनसम्म छलफल हुनेछ । यो छलफललाई प्रि-बजेट छलफल पनि भनिन्छ। नीति तथा कार्यक्रमपछि प्रि-बजेट छलफल गर्नु उपयुक्त हुने भए पनि बजेट जेठ १५ मा पेश गर्नैपर्ने चापका कारण वैशाख २८ गतेबाटै प्रि-बजेट छलफल गर्न लागिएको हो ।

सरकारको नीति तथा कार्यक्रम जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पेश गर्ने कार्यक्रम छ । त्यसमा छलफल र छलफलमा उठेका जिज्ञासाको जवाफ दिने क्रम सकिएपछि जेठ १३ गते आर्थिक सर्वेक्षण प्रस्तुत हुने छ भने १५ गते आर्थिक वर्ष २०७७/७८ को बजेट पेश हुने छ ।

संसदको बजेट अधिवेशन गत शुक्रबारबाट सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?