+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अनलाइनमा चलचित्र रिलिज गर्ने कुरामा हलवालाको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २८ गते ११:४८

कोरोना भाइरसका कारण बलिउडलाई ठूलो घाटा लागेको छ । चलचित्रको निर्माणदेखि प्रदर्शनसम्मको सेड्युल बिग्रिएको छ । लकडाउनका कारण हलहरू त बन्द नै छन् ।

तत्कालै हलहरू खुल्न सक्ने अवस्था देखिँदैन । खुले पनि दर्शकलाई हलसम्म आउन डर हुन्छ । त्यसैले आशातित चलचित्रको व्यापार पनि राम्रो नहुने पक्का छ ।

पूर्ण रुपमा तयार भइसकेका चलचित्रहरूले हलको विकल्प खोज्न थालेका छन् । उनीहरूले चलचित्रलाई डिजिटल प्लेटफार्ममा रिलिज गर्ने तयारी गरिरहेका छन् । महँगो बजेट तयार भएका चलचित्रहरू पनि डिजिटल प्लेटफार्ममा रिलिज हुने तयारी गरिरहेका छन् ।

अक्षय कुमार स्टारर प्रतीक्षित चलचित्र ‘लक्ष्मी बम्ब’ अनलाइनमा रिलिज हुने पक्का भइसक्यो । सलमान खान स्टारर चलचित्र ‘राधे’ पनि अनलाइन रिलिजको पक्षमा देखिन्छ ।

त्यस्तै, अमिताभ बच्चन र आयुष्मान खुराना अभिनित चलचित्र ‘गुलाबो सिताबो’ले पनि अहिलेको समय अनलाइन रिलिजलाई नै उत्तम मानेको छ । यस चलचित्र पनि अनलाइन रिलिजको तयारीमा छ ।

प्रतीक्षित र हललाई नाफा दिने चलचित्रहरू अनलाइन प्लेटफार्ममा रिलिज हुन लाग्दा हलवालाहरूले भने यसको विरोध गरेका छन् । ‘मल्टिप्लेक्स एसोसियसन अफ इन्डिया’ले आफूहरूले पनि बलिउड बलियो बनाउन ठूलो भूमिका खेलेको भन्दै अहिले संकट परिरहेको समय हललाई नबिर्सिन आग्रह गरेको छ।

उनीहरूले अहिले प्रतीक्षित चलचित्रहरू अनलाइनमा रिलिज हुँदा आफूलाई ठूलो घाटा हुने आवाज उठाएका छन्। हलले पनि चलचित्रको लगानी सुरक्षित गरिदिन सक्ने भन्दै उनीहरूले हल खुलेपछि मात्र चलचित्र रिलिज गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?