+
+

विराटनगरबाट थप दुई जना कोरोना संक्रमित डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २८ गते १६:३८

२८ वैशाख, विराटनगर । विराटनगरबाट थप दुई जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप दुई जना निको भएर डिस्चार्ज भएका हुन् ।

वैशाख १० र १२ गते भर्ना भएका भोजपुर र झापाका एक/एक जना आइतबार डिस्चार्ज भएका हुन् ।

भोजपुरका २७ वर्षीय युवक १० वैशाखमा अस्पताल भर्ना भएका थिए । झापा बाह्रदशीका ६३ वर्षीय वृद्धलाई १२ वैशाखमा कोरोना देखिएपछि कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए ।

कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए । ‘रिपोर्ट नेगेटिभ आएपछि आइतबार दुई जनालाई डिस्चार्ज गरेका छौं,’ सिग्देलले भने, ‘जनप्रतिनिधिको समन्वयमा उहाँहरु घरमा नै क्वारेन्टाइन बस्नुहुन्छ ।’

आइतबार दुई जना डिस्चार्ज भएसँगै कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ । यसअघि बुधबार ६शुक्रबार ८ जना निको भएर डिस्चार्ज भएका थिए ।

१६ जना डिस्चार्ज भएपनि अस्पतालमा चार जना बिरामी थपिएका छन् । डाक्टर सिग्देलका अनुसार उदयपुरमा संक्रमण देखिएका चार महिला अस्पताल भर्ना भएका हुन् । प्रदेश १ मा संक्रमितको संख्या ३५ छ । जसमा १६ जना डिस्चार्ज भएका छन् । १९ जना उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?