+
+

भारतले सीमा मिचेको विषय राष्ट्रसंघमा उठाऊ : राष्ट्रिय जनमोर्चा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २९ गते १७:५५

२९ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाले लिम्पियाधुरामा भारतले नेपालको सीमा मिचेको विषय अब अन्तर्राष्ट्रिय तहमा उठाउन सरकारलाई आग्रह गरेको छ ।

लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका भूमि अतिक्रमणको विषय अब द्विपक्षीय रुपमा मात्र समाधान गर्न सम्भव नभएको भन्दै राजमोले संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय अदालतमा पनि उठाउन आग्रह गरेको हो ।

‘यो समस्या अब द्विपक्षीय रुपमा मात्र समाधान गर्न सम्भव छैन । द्विपक्षीय प्रयासलाई जारी राख्दै त्यस विषयलाई अन्तर्राष्ट्रिय तहमा उठान गर्नुपर्दछ’ अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्तिमा भनेका छन् ‘संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय अदालतमा पनि यो विषयलाई उठाउन पर्दछ ।’

नेपालको भूमि समेटेर नक्सा जारी गर्न सरकारले अहिलेसम्म नसकेको भन्दै राजमोले आफ्नो भूमिमा त्यति लामो सडक निर्माण हुँदासम्म बेखबर हुनु सरकारको गम्भीर नालायकीपन र लापरबाही भएको बताएको छ ।

भारतको अतिक्रमणकारी नीतिको विरोध गर्न र आफ्नो भूमिको रक्षा गर्न नसकेको भन्दै सरकारको नालायकीपनको विरोध गर्नुपर्ने पनि राष्ट्रिय जनमोर्चाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?