+
+

भारतले गरेको सीमा अतिक्रमणप्रति विश्वभरका जनसम्पर्क समितिको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २९ गते १८:३०

२९ वैशाख, काठमाडौं । भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट प्रवासी संगठनहरुले विरोध जनाएका छन् ।

विभिन्न मुलुकमा गठित ३४ वटा सम्पर्क समितिका सभापतिहरुले भारतले नेपाली भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण सुरु गरेर सीमा अतिक्रमण गरेको भन्दै विरोध जनाएका हुन् ।

उनीहरुले सीमा अतिक्रमणका विषयमा नेपाल सरकारले तत्काल कुटनीतिक वार्ता र छलफल गरी समस्याको समाधान खोज्न समेत आग्रह गरेका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै ३४ देशका जनसम्पर्क समितिका सभापतिहरूले विश्वका जुनसुकै कुनामा बसेपनि मूलत: आफूहरू नेपाली रहेको भन्दै नेपाली भूमिमा भएको अतिक्रमण सहन नसक्ने बताए ।

विज्ञप्तिमा भनिएको छ ‘नेपाली भूमिमाथि हुने जुनकुनै अतिक्रमण पनि हाम्रो आत्मामाथि प्रहार हो। हामी हाम्रो आत्माको रक्षाका लागि देश विदेशमा रहनु भएका सबै नेपाली दाजुभाई दिदीबहिनीहरूलाई हार्दिक अपील गर्दछौं।’

आपत्ति जनाउँदै विज्ञप्ति निकाल्ने जनसम्पर्क समितिका सभापतिहरू
१. आनन्द विष्ट, कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य एवं सभापति नेजस अमेरिका
२. बालकृष्ण पाण्डे,कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य एवं सभापति नेजस भारत
३. सीता सापकोटा, सभापति,नेजस बेल्जियम
४. लेखबहादुर गुरुङ, सभापति, नेजस मकाउ
५. पदमसुन्दर गुरुङ, सभापति,नेजस बहराइन
६. खगेश्वर अधिकारी, सभापति, नेजस ईजरायल
७. शिखर खड्का, सभापति, नेजस जर्मनी
८. सीता अर्याल, सभापति, नेजस साईप्रस
९. डा. एलिनी सुबेदी, सभापति,नेजस पोल्यान्ड
१०. शुक्रराज न्यौपाने,सभापति,नेजस आयरल्याण्ड
११. शंकर न्यौपाने, कार्यबाहक सभापति, नेजस कतार
१२. आस्था बिन्दु मल्ल, सभापति,नेजस,दक्षिण कोरिया
१३. बिनोद घिमिरे,सभापति,नेजस पोर्चुगल
१४. ईन्द्र शर्मा,सभापति,नेजस स्पेन
१५. मीन गुरुङ,सभापति,नेजस हंगकंग
१६. युवराज गुरुङ,सभापति,नेजस बेलायत
१७. बुद्धिप्रकाश ओली,सभापति,नेजस क्यानडा
१८. प्रेमजंग गुरुङ,सभापति,नेजस नेदरल्याण्ड
१९. सुधीर राना, सभापति,नेजस फ्रान्स
२०. जितेन्द्र शाही,सभापति, नेजस नर्वे
२१.चोलाकान्त पंगेनी,सभापति,नेजस मलेसिया
२२. शालिक चापागाई,कार्यवाहक सभापति,नेजस ओमन
२३. भुवानीप्रसाद तिमल्सिना ,सभापति,नेजस युएई
२४. राजेन्द्र रसाइली बिरही,सभापति,नेजस कुवेत
२५. रोशन केसी,सभापति,नेजस जापान
२६. बालकृष्ण सापकोटा,सभापति,नेजस लक्जेम्बर्ग
२७. बुद्धिसागर घिमिरे, सभापति,नेजस न्यूजिल्याण्ड
२८. दिपक रेग्मी,सभापति,नेजस साउदी अरेबिया
२९. नबिन थपलिया,सभापति,नेजस स्वीडेन
३०. श्याम सापकोटा,सभापति नेजस स्वीटजरल्याण्ड
३१. कृष्ण गिरी,सभापति,नेजस अष्ट्रेलिया
३२. वीरेन्द्रसिंह कार्की,सभापति,नेजस डेनमार्क
३३. राजनकुमार जमरकटेल,सभापति,नेजस चीन
३४. सन्देश केसी, सभापति,नेजस माल्टा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?