+
+
Shares

उपराष्ट्रपतिको स्वाबको नमुना संकलन

रासस रासस
२०७७ वैशाख ३० गते १६:५२

३० वैशाख, काठमाडौं । संघीय संसदको छैटौं अधिवेशनमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा सहभागी हुनका लागि उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाबको नमुना संकलन गरिएको छ ।

संघीय संसद् सचिवालयको समन्वयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज कोभिड–१९ परीक्षणका लागि उनको स्वाबको नमुना सङ्कलन गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ २ गते संघीय संसदमा आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । त्यसअघि उपराष्ट्रपति पुनले आफ्नो कोरोना परीक्षण गराएका हुन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?