Comments Add Comment

बालिका करणीको आरोपमा एक जना पक्राउ

३० वैशाख, जनकपुरधाम । १० वर्षीया बालिकासँग करणी गरेको आरोपमा सिराहाबाट एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

लहान नगरपालिका-५ की १० वर्षीया बालिकालाई सोमबार करणी गरेको आरोपमा सोही ठाउँका एक व्यक्तिलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

पक्राउ पर्नेमा ४३ वर्षीय पुरुष रहेका छन् । बालिकासँग करणी गरेको जानकारी आएपछि इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एवं एसपी जयराज सापकोटाले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको तथा पीडित तथा पीडकको स्वास्थ परीक्षण लगायत अन्य अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment