+
+

नारायणी अस्पतालबाट भागेका मध्ये एक जना प्रहरीको नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३१ गते १९:२५

३१ वैशाख, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट भागेका दुई जना मध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी वीरेन्द्रबहादुर शाहीका अनुसार अस्पतालकै वरपरको क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको हो ।

डीएसपी शाहीले अनलाइनखबरसँग भने, ‘प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएर अस्पताल लैजाँदै छ । उनी अस्पतालबाट किन भागेका हुन् भन्नेबारे अनुसन्धानपछि मात्रै खुल्नेछ ।’

अर्को व्यक्तिको भने खोजी कार्य जारी रहेको उनले बताए । बुधबार अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?