+
+

अस्पताल भरिएपछि वीरगञ्जका कोरोना संक्रमितलाई विद्यालयमा राखिने

सुरेश बिडारी सुरेश बिडारी
२०७७ वैशाख ३१ गते २०:२१
फाइल तस्वीर

३१ वैशाख, वीरगञ्ज । वीरगञ्जको सिद्धार्थ माध्यमिक विद्यालयमा दुई सय बेडको सेमी अइसोलेसन वार्ड निर्माण गरिने भएको छ ।

प्रदेश २ को नारायणी अस्पतालमा कोरोना संक्रमितको चाप बढेपछि सो विद्यालयमा दुई सय बेडको सेमी आइसोलेसन वार्ड निर्माण गरिने भएको हो ।

बुधबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले सिद्धार्थ माध्यमिक विद्यालयमा सेमी आइसोलेसन वार्ड निर्माण गर्ने निर्णय भएको वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जानकारी दिए । सरावगीले भने, ‘संक्रमितको संख्या बढ्दै गएपछि वीरगंजमा २ सय बेडको व्यवस्थापन गर्ने गरी आइसोलेसन बनाउने निर्णय भएको छ । अस्पतालमा व्यवस्थापन हुन नसकेका संक्रमितहरुलाई सेमी आइसोलेसनमा राखेर उपचार गराउने व्यवस्था मिलाउने छौं ।’ सेमी आइसोलेसन कक्षको व्यवस्थापन भएपछि घरमा रहेका संक्रमितहरुलाई ल्याएर उपचार गराइने उनले बताए ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की, वीरगंज महानगरका मेयर विजय सरावगी, मेसु डा.मनोज उपाध्याय लागायतले नारायणी अस्पतालले सिद्धार्थ माध्यमिक विद्यालयलाई आईशोलेसनमा रहेका संक्रमितहरुको पनी हेर्ने गरी निर्णय भएको जनाएको छ ।

यता स्वास्थ्य मन्त्रालयले गण्डक अस्पतालमा कोरोना संक्रमित राखेर उपचार गर्ने निर्देशन सहितको पत्र आएपनि हाल संक्रमित मध्येहरुको डिस्चार्ज भएपछि मात्रै व्यवस्थापन गर्न सकिने अस्पतालले जनाएको छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?