Comments Add Comment

प्रदेश २ र वागमती प्रदेशको मुख्य नाका चुरियामाईमा कडाइ

१ जेठ, काठमाडौं । प्रदेश २ र वागमती प्रदेश आउ-जाउ गर्ने प्रमुख नाका मकवानपुरको चुरियामाई क्षेत्रमा चेक जाँच कडा बनाइएको छ । नाका सुरक्षाकर्मीहरू राखेर अत्यावश्यक सेवाका गाडीहरूलाई मात्र प्रवेश गर्न दिइएको छ ।

मकवानपुरका एसपी सुशील सिंह राठौरले प्रदेश २ मा कोरोना संक्रमित व्यक्तिहरू धेरै भेटिएकाले निगरानी जाँच कडा पारिएको बताए । ‘मकवानपुर प्रदेश दुईसँग जोडिएको छ । प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढ्यो । त्यसकारण चेकजाँचलाई कडा गराएका छौं ।’

एसपी राठौरका अनुसार बिरामीहरू, बिरामी बोकेका एम्बुलेन्सहरू, अत्यावश्यक वस्तु र सेवाका गाडीहरूलाई मात्र सीमा नाका आउन दिइएको र अरूलाई फर्काउने गरिएको छ ।

मकवानपुरको हेटौंडा वागमती प्रदेशको राजधानीसमेत हो । यसअघि स्थानीय प्रशासनले बुधबादेखि पूर्वपश्चिम राजमार्ग हुँदै हेटौंडा भित्रिने सवारी साधन र यात्री दुवैलाई रोक लगाउने निर्णय गरेको थियो ।

मकवानपुरमा बुधबारदेखि दैनिक उपभोग्य सामान बिहान नौ बजेसम्म मात्र बिक्री गर्न पाइने र मेडिकल, भेटेरिनरी तथा कृषि औषधि पसल सञ्चालनमा रोक नलगाउने निर्णय भएको छ ।

तरकारी उपयुक्त स्थान हेरी सहकारीको माध्यमबाट बिक्री गर्ने र बैङ्किङ कारोबार दैनिक बिहान १० देखि तीन बजेसम्म गर्न दिने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment