+

एन्डोस्कोपी र कोलोनोस्कोपीमा के फरक छ ? विस्तृत जानकारी

२०८३ असार  १९ गते १६:४० २०८३ असार १९ गते १६:४०
Shares
एन्डोस्कोपी र कोलोनोस्कोपीमा के फरक छ ? विस्तृत जानकारी

एन्डोस्कोपी र कोलोनोस्कोपी पाचन तन्त्रको जाँचका लागि गरिने दुई फरक तर महत्वपूर्ण प्रक्रियाहरू हुन् । यी दुवै जाँचले पाचन प्रणालीभित्र प्रत्यक्ष हेर्न, समस्या पहिचान गर्न र आवश्यक भएमा उपचार गर्न मद्दत गर्छन् । यी एउटै होइनन्, दुवैले शरीरका फरक–फरक भागको जाँच गर्छन् ।

लक्षणका आधारमा कुन जाँच कहिले गर्ने ?

एन्डोस्कोपी मुख्य रूपमा बारम्बार एसिडिटी, छातीपोल्ने, खाना निल्न गाह्रो हुने समस्यामा गरिन्छ । साथै बारम्बार बान्ता वा वाकवाकी, माथिल्लो पेट दुखाइ, मलमा कालो रगत देखिने वा मलको रङ परिवर्तन हुने, अकस्मात् तौल घट्ने, रगतसहितको बान्ता जस्ता लक्षणमा पनि यो सिफारिस गरिन्छ ।

कोलोनोस्कोपी मुख्य रूपमा तल्लो पाचन तन्त्रको समस्या भएमा, रेक्टल रक्तस्राव ‘मलमा रगत देखिने’, दीर्घकालीन झाडापखाला वा कब्जियत, पेटको तल्लो भाग दुख्ने, कोलन क्यान्सरको परिवारिक इतिहास र ४५–५० वर्ष उमेरपछि नियमित स्क्रिनिङका लागि गरिन्छ ।

कुन अङ्गको जाँच कसरी हुन्छ ?

एन्डोस्कोपी

मुखबाट पातलो, लचिलो ट्युब ‘एन्डोस्कोप’ छिराएर भोजननली, पेट र सानो आन्द्राको सुरुवाती भागको जाँच गरिन्छ ।

कोलोनोस्कोपी

गुद्वारबाट क्लोनोस्कोपकोप छिराएर ठूलो आन्द्रा, रेक्टम र सिग्मोइड कोलनको पूरै जाँच गरिन्छ । यसमा पोलिप फेला पारेर तुरुन्तै हटाउन सकिन्छ, जसले क्यान्सर हुनबाट बचाउँछ ।

जाँचको कसरी तयारी र प्रक्रिया कसरी हुन्छ ?

एन्डोस्कोपी र कोलोनोस्कोपी जाँच गर्नुअघि ६ देखि ८ घण्टा खाली पेट बस्नुपर्छ । केही औषधि रोक्नुपर्ने हुन सक्छ । जस्तो: रगत पातलो बनाउने औषधि । लिखित सहमति लिइन्छ ।

एन्डोस्कोपी

–सामान्यतया ५–१० मिनेट लाग्छ ।

–हल्का निद्रा लाग्ने औषधि दिइन सकिन्छ ।

–मुखबाट ट्युब छिराइन्छ ।

कोलोनोस्कोपी

२०–४५ मिनेट लाग्न सक्छ । पूरै आन्द्रा सफा गर्न अघिल्लो दिन विशेष ‘लेक्सेटिभ’ झोल पिउनुपर्छ । सेडेसन दिन सकिन्छ, बिरामीले सामान्यतया केही पनि महसुस गर्दैनन् ।

यी जाँचबाट के–के पत्ता लाग्छ ?

एन्डोस्कोपीबाट

–अल्सर, ग्यास्ट्राइटिस, हायटस हर्निया, ट्युमर, गाँठो

–‘जीईआरडी’ ग्यास्ट्रोइसोफेजियल रिफ्लक्स रोग

–‘ब्यारेट्स इसोफेगस’ अन्ननलीको कोशिकामा हुने परिवर्तन

–‘सिलिएक रोग’ ग्लुटेनका कारण हुने आन्द्राको रोग

–बायोप्सी लिएर क्यान्सरको जाँच गर्न सकिन्छ ।

कोलोनोस्कोपीबाट

–ठूलो आन्द्रा वा मलाशयको क्यान्सरको प्रारम्भिक पहिचानका लागि

–पोलिप हटाउने ‘पोलिपेक्टोमी’

–इन्फ्लेमेटरी बाउल डिजिज अर्थात् आन्द्राको दीर्घकालीन सुन्निने समस्या

–जस्तै अल्सरेटिभ कोलाइटिस

–‘डाइभर्टिकुलोसिस’ ठूलो आन्द्रामा साना थैलीजस्ता संरचना बन्ने अवस्था

–रक्तस्रावको स्रोत पत्ता लगाउने

जोखिम र साइड इफेक्ट

एन्डोस्कोपी

दुर्लभ : आन्द्रा छेडिने, रक्तस्राव, संक्रमण

सामान्य : घाँटी खसखस हुनु, हल्का पेट दुखाइ

कोलोनोस्कोपी 

दुर्लभ : आन्द्रा छेडिने, रक्तस्राव

सामान्य : पेट फुलेको महसुस हुनु, ग्यास पास हुनु, हल्का पेट दुखाइ

यी जाँचहरू अनुभवी पाचन तथा कलेजो रोग विशेषज्ञ ग्यास्ट्रोएन्टेरोलोजिस्ट द्वारा गरिएमा अत्यन्त सुरक्षित मानिन्छन् ।

कसलाई र कहिले जाँच गर्नुपर्छ ?

४५ वर्षभन्दा माथिका सबैलाई ठूलो आन्द्राको क्यान्सरको प्रारम्भिक पहिचानका लागि कोलोनोस्कोपी जाँच गराउन सिफारिस गरिन्छ । परिवारमा ठूलो आन्द्राको क्यान्सरको इतिहास भए ४० वर्षअघि नै जाँच सुरु गर्न सकिन्छ । बारम्बार पाचनसम्बन्धी समस्या देखिएमा एन्डोस्कोपी जाँच आवश्यक पर्न सक्छ ।

एन्डोस्कोपी कोलोनोस्कोपी पेट
डा. खलील मिया
लेखक
डा. खलील मिया
पेट तथा कलेजो रोग विशेषज्ञ

डा. खलील मिया हाल लुम्बिनी प्रदेश अस्पताल, बुटवलमा कार्यरत छन् । ग्यास्ट्रोएन्टेरोलोजीमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल नम्बर १५२९३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

भक्तपुर अस्पतालमा पहिलो पटक मेरुदण्डको शल्यक्रिया

भक्तपुर अस्पतालमा पहिलो पटक मेरुदण्डको शल्यक्रिया

के तपाईं पनि छिटो निको हुने आशमा यस्ता दाबीमा फसिरहनुभएको छ ?

के तपाईं पनि छिटो निको हुने आशमा यस्ता दाबीमा फसिरहनुभएको छ ?

गाडी कुदाउँदा कुदाउँदै चालकको निधन, के कारण हुन्छ यस्तो ?

गाडी कुदाउँदा कुदाउँदै चालकको निधन, के कारण हुन्छ यस्तो ?

जब फलोअरले नैतिकतालाई ओझेलमा पार्छ

जब फलोअरले नैतिकतालाई ओझेलमा पार्छ

‘हाम्रा पुर्खाले जुन खानपान गरे, त्यसले मोटोपन बढाउँदैनथ्यो’

‘हाम्रा पुर्खाले जुन खानपान गरे, त्यसले मोटोपन बढाउँदैनथ्यो’

‘डाक्टर’ उपाधि, अभ्यास र कानुनी दायरा

‘डाक्टर’ उपाधि, अभ्यास र कानुनी दायरा