+
+
Shares

सेयर बजार बन्द गर्न धितोपत्र बोर्डको निर्देशन

रोयल आचार्य रोयल आचार्य
२०७७ जेठ १ गते १०:०१

१ जेठ, काठमाडौं । सेयर बजार बन्द गर्न नेपाल स्टक एक्सचेञ्जलाई नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले आजैबाट कार्यान्वयन हुने गरी बजार बन्द गराउन नेप्सेलाई निर्देशन दिएको अनलाइनखबरलाई बताए ।

बन्द भएको ५० औं दिनमा मंगलबार बजार खुलेको थियो ।

लकडाउनका बेला पनि दैनिक २ घण्टा कारोबार गर्ने गरी खुलाएको बजार डेढ घण्टा पनि नपुग्दै कारोबारमा नेगेटिभ सर्किट ब्रेक लागेर बजार बन्द भएको थियो ।

अझ बुधबार त बजार खुलेको ४० मिनेटमा नै सर्किट ब्रेक लागेर बन्द भयो ।

लकडाउनका बेला बजार धेरै घट्न सक्ने भएकाले नै नेपाल स्टक एक्सचेञ्जले दुई प्रतिशतभन्दा धेरै घटबढ भए बजार सर्किट ब्रेक लाग्ने व्यवस्था गरेर खुलाएकाे थियाे ।

लकडाउनकै बीचमा दुई दिन खुलेको बजारमा लगातार नेगेटिभ सर्किट ब्रेक लागेपछि ठूला लगानीकर्ताहरूले बजार बन्द गराउन माग गरेका थिए।

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?