+
+
Shares

एक नेपाली बराबर ४० हजार रुपैयाँ सार्वजनिक ऋण

अच्युत पुरी अच्युत पुरी
२०७७ जेठ १ गते ११:०९

१ जेठ, काठमाडौं । नेपालको सार्वजनिक ऋण १२ खर्ब नजिक पुगेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार तेस्रो त्रैमासिक (चैत मसान्त)सम्म नेपालले लिएको ऋण ११ खर्ब ९५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

यो ऋणलाई बुधबारसम्म केन्द्रीय तथ्यांक विभागकाे तथ्यांकअनुसार नेपालको जनसंख्या दुई करोड ९९ लाख ५३ हजार दुई सय ९० जनाले भाग लगाउँदा एक नेपालीको भागमा ३९ हजार नौ सय १५ रुपैयाँ ऋण पर्न जान्छ ।

सरकारले पछिल्लो तीन महिनामा मात्र आन्तरिक र बाहृय गरी ९० अर्ब ४६ करोड १६ लाख ८२ हजार रुपैयाँ लिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार यस अवधिमा बाहृय ऋण ६० अर्ब तीन करोड २२ लाख र आन्तरिक ऋण ३० अर्ब ४२ करोड ९४ लाख रुपैयाँ उठाइएको छ । पछिल्लो तीन महिनामा सरकारले ८.१८ प्रतिशतले ऋण थपेको छ ।

जीडीपीको ३१.९० प्रतिशत ऋण

नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ३१.९० प्रतिशत बराबर नेपालको सार्वजनिक ऋण पुगेको छ । केन्द्रिय तथ्यांक विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको जीडीपीको आधार भने ३७ खर्ब पुगेको छ ।

नेपालको सार्वजनिक ऋणमध्ये बाहृय ऋण जीडीपीको १८.८ प्रतिशत र आन्तरिक ऋण १३.०२ प्रतिशत रहेको आँकडा छ ।

चालु आवको नौ महिनामा थपियो एक खर्ब २० अर्ब ऋण

चालु आर्थिक वर्ष २०७६/७७ को ९ महिनाको अवधिमा सरकारले एक खर्ब २० अर्ब सार्वजनिक ऋण थपेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चैत मसान्तसम्म ६५ अर्ब ७२ करोड २६ लाख रुपैयाँ बाह्य ऋण प्राप्ति भएको छ ।

जसमा बहुपक्षीय स्रोतबाट ४५ अर्ब ६३ करोड ६८ लाख र द्विपक्षीय स्रोत (मित्रराष्ट्रहरू)बाट २० अर्ब आठ करोड ५७ लाख रुपैयाँ ऋण प्राप्त भएको छ। आन्तरिक ऋण भने सरकारले चैत समान्तसम्म ५५ अर्ब २६ करोड उठाएको छ ।

यसभित्र अन्तर्राष्ट्रिय मुद्रा कोषले ‘भ्यालु एड्जस्टमेन्ट’का लागि दिएको सुविधासमेत जोडिएको छ । यसबाहेक ‘ट्रेजरी बिल’बाट पनि आन्तरिक ऋण संकलन गरिएको छ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?