Comments Add Comment

विद्याको ‘शकुन्तलादेवी’ पनि डिजिटल रिलिज हुने

बलिउडमा कम बजेटमा बनेका चलचित्रका निर्माताहरुले अब हल खुल्ने दिनको प्रतिक्षा गर्ने छनक देखाएका छन् । डिजिटल प्लेटफर्ममा दर्शकको चाहना बढेसँगै बलिउडका चलचित्रहरु धमाधम यस्ता माध्यमबाट रिलिज हुने तयारीमा छन् ।

नायक अक्षय कुमारको ‘लक्ष्मी बम’, नायकद्धय अमिताभ बच्चन र आयुष्मान खुरानाको ‘गुलाबो सिताबो’पछि अब नायिका विद्या बालन अभिनित चलचित्र ‘शकुन्तलादेवी’ पनि डिजिटल प्लेटफर्मबाट रिलिज हुने भएको छ ।

नायिका विद्या बालन आफैले यो चलचित्र डिजिटल रिलिज हुने जानकारी उनका फ्यानहरुलाई गराएकी छिन् ।

‘ह्यूमन कप्युटर’को नामले परिचित शकुन्तला देवीको बायोपिकमा यो चलचित्र बनेको हो । अनु मेननको निर्देशनमा तयार भएको यो चलचित्रलाई सोनी पिक्चर्स नेटवर्कले निर्माण गरेका हो ।

भारतका हल संचालकहरुले निर्मातालाई डिजिटल रिलिज नगरी चलचित्रको हल रिलिजसम्म पर्खन आग्रह गरेपनि निर्माताहरुले राम्रो रकम पाएपछि डिजिटल प्लेटफर्मलाई रिलिजको माध्यम बनाउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment