Comments Add Comment

कोरोना प्रभावित उद्योगलाई सहुलियत, खनिज तथा पेट्रोलियम पदार्थको उत्खनन प्राथमिकतामा

२ जेठ, काठमाडौं । कोरोना महामारीका कारण प्रभावित उद्योगहरूले सहुलियत पाउने भएका छन् । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रभावित उद्योगलाई घोषणा गरेकी हुन् ।

कोरोनाका कारण प्रभावित उद्योग तथा व्यवसायलाई सहुलियत दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

औद्योगिक कार्यहरू सुचारु गर्दै अर्थतन्त्रलाई गति दिने तथा अत्यावश्यक खाद्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने राष्ट्रपति भण्डारीद्वारा घोषणा भएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै देशभित्र रहेका खनिज तथा पेट्रोलियम पदार्थको उत्खनन्मा जोड दिइने पनि नीति तथा कार्यक्रममा घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment