+
+

काभ्रेमा हप्ताको तीन दिन मात्रै बैंक खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २ गते १८:३५

२ जेठ, काभ्रे । कारोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरेर काभ्रे जिल्ला प्रशासनले हप्ताको तीन दिन मात्र बैंक तथा वित्तीय संस्था खोल्ने निर्णय गरेको छ ।

कोभिड–१९ नियन्त्रण, रोकथाम तथा उपचारसम्बन्धी जिल्ला स्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरका संयोजक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरकेो हो ।

निर्णयमा भनिएको छ, ‘हाल यस जिल्लामा हप्ताभरि सञ्चालन भइरहेका बैंक तथा वित्तीय र सहकारी संस्थालाई अब उप्रान्त हप्ताको तीन दिन (आइतबार, मंगलबार र शुक्रबार) मात्र सञ्चालन गर्न सहजीकरण गर्ने ।’

बैठकमा जिसस काभ्रेका प्रमुख उद्धव केसी, धुलिखेलका मेयर अशोककुमार ब्याञ्जु, विष्णुदल गण, काभ्रेका प्रमुख सेनानी सुवास खड्का, काभ्रेका एसपी रविकुमार पौडेल, सशस्त्र प्रहरीका एसपी पुरुषोत्तम थापालगायत उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?