
४ जेठ, काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या दुई लाख ८० हजार नाघेको छ ।
रुसको कोरोना भाइरस रेस्पोन्स हेडक्वार्टरले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा रुसमा नौ हजार सात सय नौ जना नयाँ संक्रमित भेटिएका छन् । यससँगै रुसमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या दुई लाख ८१ हजार सात सय ५२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा रुसमा कोरोना भाइरसबाट ९४ जनाको मृत्यु भएको छ । यससँगै रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई हजार ६३१ पुगेकोछ ।
रुसमा भेटिएका संक्रमित र मृतकमध्ये आधाभन्दा बढी राजधानी सहर मस्कोमा फेला परेका छन् । पछिल्लो समय रुसमा निकै तीव्र गतिमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
स्रोत : सीएनएन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4