+

वायर्नलाई फेरि चार अंकको अग्रता

२०७७ जेठ  ५ गते ६:५९ २०७७ जेठ ५ गते ६:५९
वायर्नलाई फेरि चार अंकको अग्रता

५ जेठ, काठमाडौं  । वायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा फेरि ४ अंकको अग्रता बनाएको छ । लिगअन्तर्गत आइतबार भएको खेलमा लिग लिडर वायर्नले युनियन बर्लिनलाई २-० ले पराजित गरेको हो ।

बर्लिनको मैदानमा भएको खेलमा वायर्नका लागि रोवर्ट लेवान्डोस्कीले ४०औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे । यस्तै, ८०औं मिनेटमा बेन्जामिन पाभार्डले गोल गर्दै जित पक्का गरेका थिए ।

वायर्नका लागि थोमस मुलरले भने पेनाल्टी अवसर चुकाएका थिए । जितपछि २६ खेलबाट ५८ अंक जोडेको वायर्नले दोस्रो स्थानको बवरुसिया डरटमण्डलाई ४ अंकले पछि पारेको छ । समान खेलबाट डर्टमण्डको ५४ अंक छ ।

आइतबारै भएको अर्को खेलमा एफसी कोल्न र मेइन्जले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन्।

विश्वभर कोरोना भाइरस महामारी कायम रहेपनि सुरक्षाको उपायहरू अपनाउँदै शनिबारदेखि क्लोज डोरमा जर्मनीको शीर्ष डिभिजनको फुटबल फेरि सुरु भएको हो ।

लिगअन्तर्गत आज वेडर ब्रेमन र वायर लेभरकुजनबीच खेल हुनेछ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय