+
+
Shares

विराटनगरमा संक्रमित भेटिएको दुई टोल सिल

हरि अधिकारी हरि अधिकारी
२०७७ जेठ ५ गते ९:४०

५ जेठ, विराटनगर । कोरोना संक्रमित भेटिएपछि विराटनगर महानगरपालिकाको दुईवटा वडा सिल गरिएको छ । विराटनगर महानगरपालिकाको वडा नं ६ र १५ मा हिँडडुलमा प्रतिबन्ध लगाएको मेयर भीम पराजुलीले जानकारी दिए ।

आइतबार विराटनगरमा २ जना र धनकुटामा एक जनालाई कोरोना संक्रमण देखिएको थियो । विराटनगरमा संक्रमण पुष्टि भएका पुरुष महानगरपालिकाका सफाइ कर्मचारी हुन् । महिला पाँच दिनअघि भारतबाट आएकी हुन् ।

संक्रमणको जोखिम बढेपछि अर्काे सूचना जारी नभएसम्म अतिआवश्यकबाहेक अन्य सेवा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

सोमबारबाट संक्रमित भेटिएपछि स्थानीय प्रशासनले सम्भावित सं‌क्रमितको खोजी सुरु गरेको छ । आइतबार धनकुटामा नर्सलाई नै कोरोना संक्रमण पुष्टि भएपछि धनकुटाको बजार क्षेत्र सिल गरिएको छ ।

स्थानीय प्रशासनले धनकुटा नगरपालिका-७ को भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रदेखि बसपार्क-जिरो प्वाइन्ट-परिचय मोड-यलम्बर चोक-सिनेमा हल-याक्चाना घाट जाने त्रिवेणी चोकसम्मको चारकिल्ला कायम गरी सिल गरेको हो ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?