Comments Add Comment

सागमा पदक जिताउने ६८ प्रशिक्षकले पाए सरकारी पुरस्कार

सागमा पदक जित्ने खेलाडी र तस्वीर ।

५ जेठ, काठमाडौं । गत मंसिरमा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक जित्ने नेपाली खेलको प्रशिक्षकले नगद पुरस्कार पाएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपाललाई पदक जिताउने खेलका ६८ प्रशिक्षक र सहायक प्रशिक्षकको बैङ्क खातामा रकम जम्मा गरिदिएको जनाएको छ । प्रशिक्षकहरूले पुरस्कारबापत एक करोड ८६ लाख रुपैयाँ पाएका छन् ।

यसअघि पदक जित्ने ४३५ खेलाडीको लागि १९ करोड ५३ लाख मन्त्रालयले सम्बन्धित खेलाडीको बैङ्क खातामा जम्मा गरिदिएको थियो । तर, कतिपय प्रशिक्षकको पेस्की फर्छ्यौट नभएको भन्दै उनीहरूलाई नगद पुरस्कार दिइएको थिएन ।

सागमा स्वर्ण जित्ने खेलको प्रशिक्षकले ५ लाख, रजत जित्नेले तीन लाख र कास्य जित्नेले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, स्वर्ण जित्ने खेलका सहायक प्रशिक्षकले ३ लाख, रजत जित्नेले दुई लाख र कास्य जित्नेले एक लाख रुपैयाँ पाउनेछन् ।

२०७६ मंसिर १५ देखि २४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा भएको १३ औं सागमा नेपालले ५१ स्वर्णसित कुल २०७ पदक जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment