+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

भारतले दशगजामा संरचना बनाउन खोजेपछि नेपालीले गरे अवरोध

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ५ गते २२:०६

५ जेठ, काठमाडौं । पर्साको ठोरी गाउँपालिका-४ बिजय बस्तीमा दशगजा क्षेत्र भारतीय पक्षले एकतर्फी रुपमा भौतिक संरचना बनाउन खोजे पछि नेपालीले अवरोध गरेका छन् ।

दशगजा क्षेत्रभित्र भौतिक संरचना बनाउनका लागि भारतीय पक्षले गिट्टी, वालुवा ल्याएर संरचना बनाउन थालेपछिस्थानीयले रोक लगाएको नागरिक समाजका अगुवा सन्तोष श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

श्रेष्ठले भने, ‘दसगजा क्षेत्रभित्र कुनै पनि भौतिक संरचना निर्माण गर्न नदिने भन्दै स्थानीय विरोधमा उत्रिएपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) का इन्सपेक्टर सहितको टोलीले गल्ती स्वीकार्दै दसगजामा राखिएको निर्माण सामग्री त्यहाँबाट हटाउन सहमति गरेको छ ।’

भारतीय पक्षलाई दशगजा क्षेत्रमा संरचना निर्माण गर्न ल्याएका निर्माण सामग्री हटाउन भनिएको सुवर्णपुरस्थित सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सागर मल्लले बताए ।

भारतको वन विभागको टोलीले त्यस क्षेत्रको सुरक्षाका लागि भन्दै एउटा टावर बनाउन लागेको हो । ‘दशगजा क्षेत्र छाडेर भारतीय भूमिमा निर्माण गर्न भनेका छौं । भारतीय पक्षले पनि त्यसमा सहमति जनाइसकेको छ’ सशस्त्र प्रहरी निरीक्षक मल्लले भने ।

यस विषयमा थप छलफल गर्नका लागि भारतीय वन विभागको टोलीलाई छलफल गर्नका लागि बोलाइएको प्रहरी निरीक्षक मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?