+
+
Shares

अब पैसा तिरेर स्वेच्छिक रुपमा कोरोना परीक्षण पाइने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ६ गते १६:५१

६ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क तिरेर स्वेच्छिक रुपमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न दिने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार अब लक्षण नभएका स्वदेशी तथा विदेशी नागरिकले आरडीटी/पीसीआर गर्न पाउनेछन् ।

यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड पालना गर्नुका साथै सूचनाको गोपनीयता र नियमित रिपोर्टिङ गर्ने गरी सार्वजनिक स्वास्थ्य संस्थामा सशुल्क परीक्षण गर्न दिने निर्णय भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?