+
+

थप ८ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ४५ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ७ गते १८:१३

७ जेठ, काठमाडौं । विराटनगरको कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । ५ जना भारतीय जमाती र ३ जना उदयपुरको भुल्केका वासिन्‍दा हुन् ।

उनीहरु वैशाख ५  र ९ गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । उनीहरु २९ देखि ३३ औं दिनमा अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

बुधबार डिस्चार्ज भएका ५ जना भारतीय नागरिकलाई विराटनगर १५ को रानी मरकज क्वारेन्टाइनमा र उदयपुरका ३ जनालाई भुल्के पठाइएको कोभिड अस्पतालका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

योसँगै नेपालमा ४५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?