+
+

गाउँपालिकाले दियो पत्रकारलाई स्वास्थ्य सामग्री

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १० गते ८:२७

१० जेठ, वीरगञ्ज । पर्साका एक स्थानीय तहले आफ्नो क्षेत्रमा बसेर पत्रकारिता गर्ने पत्रकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

सखुवाप्रसौनी गाउँपालिकाले आफ्नो क्षेत्रमा क्रियाशिल तीन जना पत्रकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

पत्रकारिताको माध्यमबाट आफ्नो क्षेत्रको सत्य तथ्य समाचार उजागर गर्न क्रियाशिल पत्रकारहरु प्रमोद यादव, चिरञ्जिवी यादव र रामकिशोर चौधरीलाई अध्यक्ष प्रदीप जैसवालले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

गाउँपालिकाले पीपीई, सेनिटाइजर, मास्क, पञ्जा, ग्लोब्स, चस्मा लगायतका सामग्री पत्रकारलाई उपलब्ध गराएको स्थानीय पत्रकार प्रमोद यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?