+
+
Shares

कोरोना निको भएर घर फर्किए कपिलवस्तुका १० जना

टोपराज शर्मा टोपराज शर्मा
२०७७ जेठ १० गते २१:३६

१० जेठ, बुटवल । बुटबलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालबाट १० जना निको भएर घर फर्किएका छन् ।

उनीहरू सबै कपिलवस्तुका हुन् । दुई साताअघि अस्पताल भर्ना भएका उनीहरुको पछिल्लो २४ घण्टामा दुई पटक गरिएको पीसीआर परीक्षणको रिपोर्ट लगातार नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

धागो कारखानाको कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुका ३६ जनाले उपचार गराइरहेका थिए । ‘दुई साता आइसोलेसनमा बसेपछि स्वास्थ्य अवस्था सामान्य भएकाले शुक्रबार र शनिबार दुईपटक पीसीआर टेस्ट गर्दा दश जनाको नेगेटिभ रिपोर्ट आएपछि शनिबार साँझ डिस्चार्ज गर्‍यौं’ अस्पतालका कोभिड–१९ फोकल पसर्न डा. सुदर्शन थापाले भने, ‘संक्रमितहरु उपचारपछि निको भएर घर फर्किंदा ज्यादै खुशी लागेको छ, कोरोनाबाट डराउनुपर्दैन, सजिलै जित्न सकिन्छ ।’

यसअघि रुपन्देही कोटहीमाईका २४ वर्षया युवक पनि कोरोनालाई जितेर घर फर्केका थिए । शुक्रबार मात्रै बाँकेको खजुराको शुशिल कोइराला क्यान्सर अस्पतालबाट नेपालगन्जका २१ जना कोरोना संक्रमित निको भएर घर फर्केका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?