Comments Add Comment

घर हिँडेका तीन सय भारतीय वीरगञ्जमा अलपत्र

नेपालीले खाना खुवाउँदै

वीरगञ्जको प्रतिनिधिमूलक तस्वीर

११ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१७ स्थित आईसीपी गेटमा घर जान हिँडेका तीन सय बढी भारतीय नागरिकहरु अलपत्र परेका छन् ।

आफ्नै मुलुक फर्कन पाउने आसमा वीरगञ्ज महानगरपालिका–१७ स्थित आईसीपी गेटमा ४/५ दिनदेखि उनीहरु अलपत्र परेका हुन् ।

नेपालको विभिन्न ठाउँबाट मजदुरी गरी फर्किएका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि बिचल्लीमा परेको स्थानीय वीरेन्द्र यादवले अनलाइनखबरलाई बताए ।

उनले भने, ‘नेपालका विभिन्न भागबाट आएका तीन सय भन्दा बढी भारतीय नागरिकहरु अहिले यहाँ छन् । जसमा पुरुष, महिलादेखि लिएर बालबच्चा पनि छन् । कतिपय महिलाहरु गर्भवतीसमेत छन् । उनीहरुलाई भारतीय सुरक्षाकर्मीले भारत जान दिएका छैननन् । उनीहरुको बिचल्ली अवस्था देखेपछि चार दिनयता स्थानीयले खाना खुवाइरहेका छन् ।’

आईसीपी गेटमा भारत फर्कनेहरुको दिन प्रतिदिन भिड लाग्न थालेपछि स्थानीयमा संक्रमण फैलने त्रास समेत बढेको यादवले बताए ।

भारतीय नागरिक यसरी आईसीपी गेटमा भिड लाग्दा संक्रमण फैलन खतरा बढेकोप्रति पर्साका प्रमुख जिल्ला अधिकारी र पर्साका एसपीको समेत ध्यानाकर्षण गराइसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment