+
+

थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०० नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ११ गते २१:२१

११ जेठ, काठमाडौं । थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६०० नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मोरङ बारादशी-३ का ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ।

यस्तै बारा, कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्जका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्सा नागवाका ६० वर्षीय पुरुष, रौतहट घर भई कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर ६ का ४८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

रुपन्देहीको समरिमाई-५ का ४० र ५० वर्षीय पुरुष, रुपन्देही १ का ३२ वर्षीय पुरुषको पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । यस्तै गैडाहवा गाउँपालिकाका २३, ३० र ४० वर्षीय पुरुष तथा कपिलवस्तुका का ३५, ३७ र ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै काठमाडौं सोह्रखुट्टेका ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ पुरुष र गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ६०३ पुगेको छ । उनीहरूमध्ये तीन जनाको निधन भएको छ भने ८७ जना निको भइसकेका छन् ।

तथ्यांकमा काेराेना - नेपाल

पीसीआर६४७८८१
आरडीटी३१२४०२
आइसोलेसनमा१५२७३
संक्रमित २५५२९
निको भएको२००७३
मृत्यु१८३
क्वारेन्टिनमा९४४८८
अपडेटः २०७७ भदाै ११ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?