
११ जेठ, काठमाडौं । नुवाकोटमा पहिलोपटक कोरोना संक्रमित भेटिएका छन् । ककनी गाउँपालिकाका ती कोरोना संक्रमित काठमाडौं आउजाउ गरिरहने व्यक्ति भएको खुलेको छ।
गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा भन्छन्, ‘उहाँ वडा नं. ३ का स्थानीय बासिन्दा हुनुहुन्छ । पछिल्लो समय कामले काठमाडौं आउजाउ गरिरहनुहुन्थ्यो ।’
स्वास्थ्य मन्त्रालयका अनुसार, संक्रमित व्यक्ति ३९ वर्षीय पुरुष हुन् । उनलाई टेकु अस्पताल पठाउने तयारी भइरहेको लामाले अनलाइनखबरलाई जानकारी दिए ।
आइतबार मुलुकभर थप १९ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ६ सय नाघेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4