+
+

अर्घाखाँचीका संक्रमितलाई दाङ लगिने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १३ गते ११:०८

१३ जेठ, अर्घाखाँची । अर्घाखाँचीका कोरोना संक्रमितलाई दाङ पठाइने भएको छ । दाङको कोरोना अस्पतालमा समन्वय गरेर दाङ पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

रेडक्रसको एम्बुलेन्समा उनीहरुलाई दाङ लैजाने तयारी गरिएको छ । एम्बुलेन्स चालक र उनीहरु दुईजना मात्रै दाङ जानेछन् ।

अर्घाखाँचीमा सोमबार दुई जनामा कोरोना पुष्टि भएको थियो । उनीहरु गाउँकै विद्यालयमा रहेको क्वारेन्टाइनमा रहेको छन् ।

कुनै लक्षण नदेखिएका दुवैजनाको स्वास्थ्य अवस्था सामान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?