Comments Add Comment

लाइपजिग बराबरीमा रोकियो

१५ जेठ, काठमाडौं । जर्मन बुण्डेसलिगा अन्तर्गत बुधबार भएको खेलमा तेस्रो स्थानको आरबी लाइपजिग हर्था बर्लिनसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमै भएको खेलमा दश खेलाडीमा रहेर खेल अन्त्य गरेको लाइपजिग हर्थासँग २-२ बराबरीमा रोकिएपछि दोस्रो स्थानको बोरुसिया डर्टमण्डसँग अंक बराबरी गर्ने मौका गुमायो ।

खेलको नवौ मिनेटमै मार्को ग्रुजिकले गोल गर्दै हर्थालाई अग्रता दिलाएका थिए । २४औं मिनेटमा घरेलु टोली लाइपजिगका लागि लुकास क्लोस्टरम्यानले बराबरी गोल फर्काएपछि पहिलो हाफ बराबरीमा सकियो ।

६३ औँ मिनेटमा मार्टेल हास्टेलबर्ग रातो कार्ड पाउँदै मैदान छाडेपछि लाइपजिग १० खेलाडीमा झर्‍यो । तर एक खेलाडी कम हुँदा पनि ६८औं मिनेटमा प्याट्रिक सिकले गर्दै लाइपजिगलाई २-१ को अग्रता दिलाए ।

हर्थाले ८२औ मिनेटमा बराबरी गोल फर्कायो । क्रिस्टोफ पिएटेकले ८२औ मिनेटमा प्राप्त पेनाल्टीमा गोल गरेपछि खेल २-२ को बराबरीमा सकियो ।

बराबरीपछि २८ खेलबाट ५५ अंकसहित लाइपजिग तेस्रो स्थानमै यथावत छ । जुन दोस्रो स्थानको डर्टमण्डभन्दा २ अंक र पहिलो स्थानको बायर्न म्युनिखभन्दा ९ अंकले पछि हो ।

लाइपजिगभन्दा पछि रहेका बायर लेभरकुजन र बोरुसिया मोन्चेनग्लाडबाकको समान ५५ अंक छ ।

हर्था बर्लिनको २८ खेलबाट ३५ अंक छ र दशौँ स्थानमा छ । बुण्डेसलिगाकै अन्य खेलमा होपेनहेइमले एफसी कोल्नलाई ३-१ ले पराजित गरेको छ ।

उता साल्का भने लगातार तेस्रो हार बेहोर्ने क्रममा फर्चुना डुसेलडोर्फसँग २-१ ले पराजित भयो ।

युनियन बर्लिन र माइन्जले १-१ को बराबरि खेल्दा अग्सबर्ग र पाडेनबर्नले गोलरहित बराबरी खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment