Comments Add Comment

भगिनी सम्बन्ध कायम गरेका चिनियाँ शहरबाट पोखरामा स्वास्थ्य सामाग्री सहयोग

१५ जेठ, पोखरा । चीनका विभिन्न सहरबाट पोखरा महानगरपालिकामा स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । भगिनी सहर लिन्जी, कुनमिन र ग्वाङ्झाओबाट स्वास्थ्य सामग्री बिहीबार पोखरा आइपुगेको हो ।

भगिनी सहरबाट विभिन्न ९ प्रकारका सामग्री पोखरा आइपुगेको छ । १० हजार वटा सर्जिकल मास्क, ३ सय वटा गाउन, पञ्जा, सुज कभरलगायत सामग्री आएको महानगरका अन्तर्राष्ट्रिय सम्बन्ध समन्वयकर्ता लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

‘अहिले लिन्जी, कुन्मिङ र ग्वाङ्झाओबाट सहयोग सामग्री आएका हुन्,’ तिमिल्सिनाले भने, ‘यसअघि पनि यिविन र गान्जी सहरबाट २० हजार मास्क आइसकेको छ ।’ उनले अन्य सहरबाट पनि सहयोग सामग्री आउने प्रक्रियामा रहेको र छुचाओ सहरले पठाएको सामग्री बाटोमै रहेको जानकारी दिए ।

‘युनान प्रान्त जहाँ कुन्मिङ सहर छ । त्यो सहरले पठाएको ५ हजार थान सर्जिकल मास्क र १ हजार थान एन ९५ मास्क काठमाडौं आइपुगेको छ,’ तिमिल्सिनाले भने, ‘सबै सहरबाट गरेर महानगरलाई करिब ७९ हजार अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग आउँदैछ ।’

भगिनी सहर यिविनले ७ हजार अमेरिकी डलर, छुचाओले ११ हजार, लिन्जीले २५ हजार, गोन्जाओबाट २७ हजार र कुन्मिङबाट ९ हजार डलर बराबरको स्वास्थ्य सामग्री पोखरा आउने भएका हुन् ।

पोखरा महानगरले चीनमा कुन्मिङ, ग्वाङझाओ, यिविन, छुसाहो, हाइकाओ, नानिङ लगायत सहरसँग भगिनी सम्बन्ध कायम गरेको छ । त्यसबाहेक जापानको कोमागाने टर्कीको आडालर, दक्षिण कोरियाको ग्यान्बुक गु सहरसँग पनि पोखराको भगिनी सम्बन्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment